नेपाली कांग्रेसका सांसदहरूलाई आइतवार बिहान मात्रै संसदीय दलको कार्यालयमा उपस्थित हुने सूचना जारी भयो । संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाइएका सांसदलाई विषय र एजेण्डा थाहा दिइएको थिएन ।
संसदीय दलको कार्यालयमा उपस्थित भएपछि मात्र सांसदहरूले जानकारी पाए– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगका लागि हस्ताक्षर गर्न बोलाइएको रहेछ ।
संसदीय दलको कार्यालयमा राखिएको महाभियोग प्रस्तावमा हस्ताक्षर गर्न लगाइयो ।
‘प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ताका लागि हस्ताक्षर गर्न बोलाइरहेको र...