आईपीएल क्रिकेटः चेन्नईद्वारा कलकत्ता १८ रनले पराजित

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किङ्सले कलकत्ता नाइट राईडर्सलाई १८ रनले हराएको छ। पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा २२० रन बनायो। २२१ रनको लक्ष्य पछ्याएको कलकत्ताले १९.१ ओभरमा अलआउट हुँदै २०२ रनमात्रै बनाउन सक्यो। चेन्नईका फाफ डुप्लेसीले सर्वाधिक ९५ र रितुराज गैकवाडले ६४ रन बनाए। चेन्नईका दिपक चाहरले चार तथा लुङी एनगीडीले तीन विकेट लिए।