बागलुङमा ज्यान मुद्दाका प्रतिवादी ११ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट २० वर्ष कैद फैसला सुनाइएका प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । अदालतले २०६७ असोज ३ मा कैद फैसला गरेपछि फरार रहेका जैमिनी नगरपालिका–१० का ४६ वर्षीय बलबहादुर पुन गत शुक्रबार घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् ।पक्राउपछि कैद लगत कट्टाको लागि जिल्ला अदालतमा पेश गरिएकामा अदालतको आदेशले थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । गत मङ्सिर ९ गते निसीखोला गाउँपालिका&ndas

सम्बन्धित सामग्री

फरार प्रतिवादी १२ वर्षपछि पक्राउ

संखुवासभा : कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन्। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धर्मदेवी  नगरपालिका–२,तामाफोक बस्ने २८ वर्षीय बद्दे भन्ने बुद्धिराज जिमीलाई प्रहरीले घटनाको १२ वर्षपछि पक्राउ गरेको हो।संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार फरार रहेका जिमीलाई विशेष सूचनाका आधारमा मुढे प्रहरी चौकीले तामाफोकबाट बिहीबार राति पक्राउ गरेको हो। पक्राउ परेका जिमीलाई शुक्रबार संखुवासभा जिल्ला अदालतमा उपस्थित गराइएको छ।

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ

चितवनमा २३७ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनामा फरार रहेका ती प्रतिवादीलाई पक्राउ गरेको हो । प्रहरीले अदालतको विभिन्न मितिहरुको...

लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले लागु औषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीले दोर्दी गाउँपालिका ५ पाचोक घर भई हाल सुन्दरबजार ९ धारापानीमा वस्दै आएका वर्ष २९ का रोल्के...

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहटमा  ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी  कार्यालय रौतहटले ज्यान मुद्दाका फरार प्रतिवादी ३० वर्षीय बाबुजान मियाँ कवारी भन्ने महम्द मैरोदिनलाई पक्राउ गरेको हो ।बिहीबार पक्राउ परेका उनलाई अदालत समक्ष पेस गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज– बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९/८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  पक्राउ […]

फरार चार प्रतिवादी पक्राउ

तनहुँ, २६ कात्तिक: विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन् । लागुऔषध मुद्दामा आँबुखैरेनी गाउँपालिका–२ सत्रसयका २५ वर्षीय विजय गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले २०७४ असार १४ गते १० दिन कैद र रु दुई […]

फरार आठ प्रतिवादी पक्राउ

दमौली- विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका आठ फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले विभिन्न मुद्दामा सजाय पाएका आठ जनालाई दमौली बजारका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सार्वजनिक मुद्दाका तीन र कर्तव्य ज्यान मुद्दाका पाँच जना रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पक्राउ […]

फरार प्रतिवादी र जुवाडेसहित १६ पक्राउ

कर्णाली, १२ साउन: जिल्ला प्रहरी कार्यालय सुर्खेतले सामाजिक अपराधमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । तीन दिनअघि छ जना फरार प्रतिवादीलाई पक्राउ गरेको प्रहरीले फेरि सोमबार पुनः छ प्रतिवादी पक्राउ गरेको गरेको छ । अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत फरार प्रतिवादी शृङ्खलाबद्ध तवरले पक्राउ परिरहेका छन् । प्रहरीले यस अभियानलाई […]