विवाहसम्बन्धी २० वर्षे उमेर हद घटाउनुपर्छ : सांसद गंगा चौधरी

सांसद गंगा चौधरीले महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्ने बताइन् ।उनले भनिन् : ‘कानुन सबैलाई लागू हुनुपर्छ । कानुन जति कठोर बनाएपनि कार्यान्वयन पक्ष फितलो भयो भने त्यसको काम छैन ।’  सांसद चौधरीले समाजमा पछिल्लो समयमा भैरहेका यौनहिंसा घटनामा महिला र पुरुष दुबै दोषी भएको उनको भनाई थियो । उनले पल शाह प्रकरणलाई पनि मन मिल