संविधानको रक्षा, मुलुकको स्थिरता र समृद्धिका लागि गठबन्धन : काँग्रेस उपसभापति खड्का

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ गठबन्धन दुई तिहाइ बहुमत ल्याउने लक्ष्यसहित मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको दाबी गरेका छन्।आइतबार न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले संविधानको रक्षा, मुलुकको स्थिरता र समृद्धि नै सत्तारुढ गठबन्धनको चुनावी एजेण्डा हुने पनि स्पष्ट पारे। उपसभापति खड्काले मुलुकको कुनाकुनासँग निर्वाचनको प्रचार अभियानले तीव्रता पाएको उल्लेख गर्दै गठबन्धनको पक्षमा जनमत ल्याउने गरी समर्पित भ