बाग्मती प्रदेशमा चालक अनुमतिपत्र (लाइसेन्स) का लागि प्रयोगात्मक परीक्षा खुला भएको छ। लकडाउनले करिब १० महिना बन्द रहेको दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारी साधनको लाइसेन्सको आवेदन र परीक्षा सुरु भएको हो।
यातायात व्यवस्था कार्यालय ठूलो भर्याङको स्वीकृतिमा चन्द्रागिरि नगरपालिका वडा १२ बलम्बूस्थित गुर्जुधारामा रहेको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले…