मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले अझै केही दिन देशैभर मनसुनी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशभर बदली रहनुका साथै धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । “मनसुन न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले केही दिनलाई देशभर […]