विराटनगर । विराटनगर महानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप अभियान सञ्चालन गरेको छ । महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा विराटनगर–१९ स्थित वडा कार्यालयबाट अभियानको सुरु गरेको हो । अभियानअन्तर्गत सामुदायिक कुकुरको बन्ध्याकरण गर्नुका साथै रेबिजविरुद्धको खोपसमेत लगाइनेछ । पहिलो दिन कञ्चनबारी, नोवेल, पञ्चमुखीचोक, पाञ्चालीलगायतका स्थानबाट सामुदायिक कुकुरलाई नियन्त्रणमा लिएर बन्ध्याकरण गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख […]