काठमाण्डौ – यही महिना तालिबानले पूरै अफगानिस्तान आफ्नाे कब्जामा लियाे । । आउँदो केही दिनमा अमेरिकाको नेतृत्वमा रहेका पश्चिमी देशका सेना अफगानिस्तान छाडेर जाँदैछन् । यही कारण गएको दुई दशकदेखि दुई पक्षबीच चलिरहेको सङ्घर्ष सायद रोकिनेछ । तालिबानका लागि गठबन्धन सेनासँगको सङ्घर्ष निकै कठिन रह्यो । एकातर्फ उसको सामु विश्वका धनी देशका सेना थिए, जोसँग न पैसाको कमी थियो र न आधुनिक हतियारको नै । त्यस्तै अर्काेतर्फ तालिबानको स्थिति यी दुई मामिलामा ती देशको तुलनामा कुनै खास थिएन । यद्यपि एक अनुमानका अनुस...