स्याउको बिरुवामै भ्रष्टाचार, विशेष अदालतमा मुद्दा दायर

काठमाण्डाै – हिमाली क्षेत्रका किसानकाे जीवनस्तर सुधार गर्ने र आर्थिकरूपमा सबल बनाउने उद्देश्यले अगाडि सारिएका कार्यक्रममा नै भ्रष्टाचार भएको पाइएको छ । पालिकाले हिउँदे फलफूलका बिरुवा स्याउ, दाँते ओखर, च्याउको बिउ तथा जैविक विषादी उपलब्ध गराउने कार्यक्रम अगाडि सारेको छ । त्यही कार्यक्रममा नै भ्रष्टाचार गरिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज साेमवार विशेष अदालतमा दायर गरेको छ ।  मुगुको छायाँनाथ रारा नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको कार्यक्रममा तोकिएको कार्यक्रमअनुसार बिरुवा नल्याइ झ...