‘लाइफ लाइन’ कब्जा गर्न चुनावी ‘भिडन्त’

मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका छन् । आक्रामक प्रचार प्रसारका लागि उम्मेदवारले चुनावी भिडियो निर्माण गर्न लगाएका छन्, केहीले भारतबाट ‘आईटी’ विशेषज्ञ नै झिकाएका छन् । दलबीच चुनावी ‘भिडन्त’ सुरु भइइसकेको छ ।