काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले कोटेश्वरदेखि कलङ्की सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दै आएको रिङरोड ग्रीन बेल्टको उद्घाटन गरिएको छ । एनसेलले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा रिङरोडको कोटेश्वरदेखि कलङ्की सडक खण्डमा हरियाली विकास, निमार्ण तथा संरक्षण गर्दै आएको छ ।
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा. राजेन्द्र केसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले मङ्गलवार संयुक्तरूपमा ग्रीन बेल्ट उद्घाटन गरेका हुन् ...