काठमाडौं : शाखा अधिकृतको विज्ञापन यथास्थितिमा राख्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ।लोकसेवा आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएर दायर गरिएको रिटमा उच्च अदालत पाटनका न्यायाधीश खुसीप्रसाद थारु र नवराज थपलियाको संयुक्त इजलाशले आइतबार यस्तो आदेश दिएको हो।‘समान तहको पदको नतिजा सार्वजनिक नहुँदै समान पदमा विज्ञापन भएको देखिएकाले निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ र उपदफा १० बमोजिम एकिन हुनपर्ने पसदंख्या समेतका आधारमा रिट निवेदनको अन्तिम किनारा नलागुञ्जे