वीरमा स्नातक तह अध्यापन सुरु हुँदै

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु गर्न लागेको हो । हाल न्याम्समा स्नातकोत्तर तह (एमडी) को अध्यापन हुँदै आएको छ।