स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीहरूमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन । क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन् । परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको उपचारको नाममा काटेर फालिन्छ । तर, नेपालमा न्यून संख्याका क्यान्सर सर्जन यस्ता पनि छन्, जसले स्तन बचाएर क्यान्सरको सर्जरी गर्छन् र सम्बन्धित बिरामीको रुप बिग्रिन दिँदैनन् । स्तन नहुँदाको आत्मविश्वास गुम्न दिँदैनन्