एकदिवसीय मान्यता कायम राख्न २ जित आवश्यक

२२ फागुन, काठमाडौं । पछिल्लो तीन साता नेपाल क्रिकेटले एउटा अभूतपूर्व लय समातेको छ । २–९ फागुनमा नेपालमै भएको नामिबिया र स्कटल्याण्डसम्मिलित त्रिकोणात्मक शृंखला क्लीनस्वीप गरेर दुवई पुगेको नेपालले यूएई र पपुवा न्युगिनी सम्मिलित अर्को शृंखलाको चारमध्ये तीन खेल जितेको छ । सन् २०१९ अगष्टदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टू शृंखलामा सुरुवाती २४ […]

सम्बन्धित सामग्री

एकदिवसीय मान्यताका लागि जित आवश्यक

आइसिसी विश्वकप छनोटको प्लेअफमा नेपाल बिहीबार पपुवा न्युगिनी (पिएनजी)को सामना गर्दा सुखद नजिता निकाल्दै एकदिवसीय मान्यताको सपना जीवित राख्न चाहन्छ। ओल्ड हरारे क्रिकेट मैदानमा हुने खेलमा पिएजीलाई पराजित गर्न सके नेपालले डिभिजन २ मा घटुवाको संकटसमेत पार गर्नेछ । कमजोर रनरेटका कारण सुपर सिक्समा स्थान बनाउन नसके पनि नेपालले सोमबार हङकङलाई हराएसँगै आगामी चार वर्षका लागि एकदिवसीय मान्यता पाउने ढोका खुला राखेको थियो । यस जितपछि नेपाल समूह ‘बी’को चौथो स्थानमा बस्दै समूह ‘ए’ को अन्तिम स्थानको टोली पिएनजीसँगको भेट पक्का गरेको थियो।