काठमाण्डाै – नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई किस्ताबापतको रकम भुक्तानी गरेको छ । २ वटा न्यारोबडी जहाजको असोज महिनाको किस्ताबापत पूरा र दुई वटा वाइडबडी जहाजको आंशिक गरी असोजमा ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ रकम भुक्तानी गरेको निगमले जनाएको छ ।
यसअघि निगमले २०७९ सालको असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १ सय २५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।
निगमले पछिल्लो समयमा व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षमा भन्दा सुधार...