फुङ्लिङ । सेराप शेर्पा उत्साहित भएर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा मंगलबार गाडीको छतमा सामग्री राख्दै थिए । विदेशबाट तिहार मनाउन घर फर्किनेजस्तै देखिन्थ्यो । उनी पर्यटन व्यवसायी हुन् । पर्यटक आगमन भएसँगै शेर्पा होटल सञ्चालन गर्न कञ्चनजङ्घा क्षेत्रमा जान तयारी गर्दैगरेका हुन् ।
विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा...