श्रीमानलाई विष मिसाएको खाना खुवाइन्, मृत्युपछि आफैं जाहेरी दिएर जोर्डन भागिन्

ती महिला विदेशमै रहँदा २०७४ साल पुस २७ गते मृतकका भाइले उनीविरूद्ध कर्तव्य ज्यानमुद्दामा जाहेरी दिएका थिए।

सम्बन्धित सामग्री

हङकङमा ४८ घन्टे लकडाउन सुरु

शक्तमान बुढाथोकी/हङकङ ।। कोभिड–१९ नियन्त्रणका लागि हङकङ सरकारले ४८ घन्टे लकडाउन घोषणा गरेको छ । हङकङको जोर्डन नेपालीहरूको घना बस्ती पनि हो । समुदाय वा समाजमा फैलिएको कोभिड–१९ को कारणले जनवरी २३, २०२१ का दिन १२ बजेदेखि लागु हुने गरी हङकङ सरकारले पहिलो पटक १५० अपार्टमेन्टमा रहेका नौ हजार जनर्ता प्रभावित हुने गरी लकडाउन घोषणा गरिएको हो । लकडाउनलाई प्रभावकारी बनाउनका लागि १७ सय प्रहरी तैनाथ गरिएको छ । यस क्रममा सम्पूर्ण स्वास्थ्य सामग्री, खाद्य पदार्थ, सरसफाइका सामग्रीसहित व्यवस्थापन गरी घरबाट बाहिर निस्कन केही दिनका लागि बञ्चित गरिएको छ । हङकङ सरकारले खाना, औषधिसहित सम्पूर्ण व्यवस्थापन गरिएको र ढुक्कका साथ घरभित्रै बस्नको लागि पनि आह्वान गरेको छ । लकडाउनमा परेका नौ हजार जनताको कोभिड–१९ को परीक्षण पनि आजैबाट सुरु भएको छ । दुई दिनभित्र कोभिड–१९ को परीक्षण सिध्याउने भनिएको छ । हङकङ सरकारले आजबाट नै प्रत्यक लकडाउन क्षेत्रमा बसेकाहरूको घरघरमा पुगेर स्वास्थ्यसम्बन्धी सामग्री, खाद्य पदार्थ, सरसफाइका सामग्री र स्वास्थ्य परीक्षणका लागि कुपन पनि वितरण गरेको छ । कुपन लिएर आफ्नो नजिकको स्वास्थ्यकेन्द्रमा जानुपर्ने र चेकजाँचपछि हातमा स्वास्थ्यकर्मीहरूले रिस्ट ब्यान्ड बाँधिदिने बताइएको छ । त्यो रिस्ट ब्यान्ड कोभिड–१९ को चेकजाँच गरेको नेगेटिभ रिपोर्ट नआउँदासम्म हातमा बाधिरहनुपर्ने नियम रहेको छ । कोभिड–१९ को रिपोर्ट नेगेटिभ तुरुन्तै पउक्त रिस्ट ब्यान्ड काटिदिने हङकङको स्वास्थ्य विभागले जनाएको छ ।