काठमाडौं: भुटानी राजबन्दी रिहाका लागि अन्तरराष्ट्रिय अभियानले भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई बयान फेर्न दबाब आइरहेको दाबी गरेको छ।नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका रिजाललाई पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलले बयान फेर्न दबाब दिइरहेको अभियानले बताएको छ। अभियानका संयोजक राम कार्कीले आज (बिहीबार) विज्ञप्ति निकालेर अर्का अभियुक्त इन्द्रजित राईबाटसमेत असुरक्षा रहेको उल्लेख गरेका छन्।शरणार्थी नेता रिजालले आफ्नो बयानमा मुख्य अपराधीको रुपमा राईको नाम