काठमाडौंको कोटेश्वर चोकमा सामान्य विवाद हुँदा २०६३ साउन २ मा मनोज खड्कालाई एकजना युवकले साथी बोलाएर आक्रमण गरे । कुटपिटबाट गम्भीर घाइते भएका २३ वर्षका मनोज खड्कालाई ट्याक्सी चालकले अस्पताल लाँदै थिए, वीर अस्पताल नपुग्दै उनको मृत्यु भयो ।कुटेर भाग्ने मध्येका मुख्य व्यक्ति थिए राम कुमार मगर । दोलखाका बैतेश्वर गाउँपालिका–२ टार घर भएका ३६ वर्षका रामकुमार आफूलाई कुमार लामा र कुमार भोटे भनेर चिनाउँथे । एक्कासी भएको विवादमा धारिलो हतियार प्रहार गरेर मनोजको हत्यापछि रामकुमार भारततिर लागे । त्यहाँब