भैरहवाबाट काठमाडौं उडेको बुद्ध एयर जहाज जनकपुरधाममा अवतरण

खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको विमान जनकपुरधाममा अवतरण गरेको छ। अनुकूल मौसम नभएपछि काठमाडौं विमानस्थलले एयर ट्राफिक जाम भएको सूचना दिएपछि विमानलाई जनकपुर विमानस्थलमा अवतरण गराइएको हो। बिहान...

सम्बन्धित सामग्री

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट जहाज अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार पहिलो पल्ट विमान अवतरण भएको छ । योसँगै पोखरेलीको चार दशक लामो सपनाले मूर्तरुप लिएको छ । आगामी साता १ जनवरी, २०२३ देखि औपचारिक उडान तयारी रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो बुद्ध एयर र यती एयरलाइन्सले डेमो फ्लाइट (प्रदर्शन उडान) गरेका हुन् । दुवैले चालु पुरानो विमानस्थलबाट एटिआर–७२ […] The post पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट जहाज अवतरण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एयरले जनाएको छ ।साढे १ बजे उक्त जहाज काठमाडौंतर्फ उडेको थियो । मौसम खराब भएकै कारण अवतरणमा समस्या भएको बुद्ध एयर पोखराले जनाएको छ ।त्यसपछि पोखराका अन्य उडान पनि अवरुद्ध भएको थियो । उक्त जहाज आजै काठमाडौं पठाइने बताइएको छ । -न्युज कारखाना

धनगढीबाट काठमाडौं उडेको बुद्ध एयर आकस्मिक अवतरण गर्नुको यस्तो छ कारण

काठमाडौं, २३ चैत । धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज अचानक नेपालगञ्जमा अवतरण गरेको छ । उडान नं. २५२ को जहाजमा एकजना यात्रुमा स्वास्थ्य समस्या देखिएपछि नजिकैको विमानस्थल नेपालगञ्जमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको थियो । ९ः१० बजे उडेको बुद्ध एयरको विमानमा सर्वोच्च अदालतका न्यायाधीश बमबहादुर श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि ९ः४२ बजे आकस्मिक […]

नेपालगन्जमा विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्कियो

काठमाडौँ । नेपालगन्ज विमानस्थलमा हवाई जहाजमा खरायो ठोक्किएको छ । काठमाडौँबाट नेपालगन्ज गएको बुद्ध एयरको जहाज अवतरण हुने बेला सोमबार राति पौने आठ बजे खरायो ठोक्किएको हो । जहाजमा खरायो ठोक्किएपछि केही बेर रोकिएको उडान अवतरण अहिले सुचारु रहेको बुद्ध एयर नेपालगन्जका व्यवस्थापक विनीत शाहले बताए । जहाज ल्यान्ड हुने बेला ठोक्किएको खरायोको मृत्यु भएको […]

बुद्ध एयर ल्यान्ड हुन नसक्दा यात्रु बेहोस

नेपालगञ्ज– काठमाडौंबाट ६९ यात्रु लिएर नेपालगञ्जका लागि उडेको बुद्ध एयरको कल साइन नं. नाइनएन–एजेएक्सको जहाज नेपालगञ्ज विमानस्थलमा झन्डै पौने घन्टापछि मात्र अवतरण भएको छ । बिहीबार बिहान ७ बजेर ४४ मिनेटमा उडेको जाहाज ९ बजेर १८ मिनेटमा मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण भएको थियो । सो विमानमा रहेकी एक महिला यात्री बेहोस अवस्थामा फेला परेको र […]

बुद्ध एयरको जहाज सुर्खेतमा अवतरण नेपालगञ्ज डाइभर्ट

रुपन्देही । बुद्ध एयरको यू ४–१३३ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको छ । काठमाडौंबाट सुर्खेत आएको बुद्ध एयरको जहाज सुर्खेतको भेरी आसपासमा लागेको कुहिरोका कारणले विमानस्थलमा अवतरण हुन नसकेको हो । सुर्खेत विमानस्थलमा अवतरण हुन नसकेपछि नेपालगञ्ज डाइभर्ट गरिएको बुद्ध एयर सुर्खेतका प्रमुख अनिल पन्तले बताए । ‘भेरी नदीको आसपासमा […]

बुद्ध एयर प्रकरणः जहाज उडाएर पाइलटलाई मात्र प्रतिबन्ध किन ?

बुद्ध एयरका क्याप्टेन आङगेलु शेर्पा अहिले सबैका परिचित पात्र बनेका छन् । असोज ११ गते सोमबार विराटनगर अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएर लामो प्रयासपछि जहाजलाई अवतरण गराएर ७७ जनाको ज्यान बचाएको भन्दै वाहवाही कमाएका क्याप्टेन शेर्पा अहिले प्रतिबन्धमा छन् ।बुद्धको एटीआर–७२ विमानका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लागेको छ । नागरिक उड्डयन प्राधिकरण (क्यान) को उडान सुरक्षा डिपार्टले क्याप्टेनसहित चालक दलका सदस्यहरुलाई उडानमा रोक लगाएको हो ।जहाज रिलिजल्याण्डिङ गेयरमा समस्या आएर चालक दलका सदस्यसहित ७७ जना यात्रुलाई जहाजभित्रै रुन बाध्य बनाएको जहाज भने नियमित उडान गर्न थालिसकेको छ । बुद्ध एयर र प्राधिकरणका प्राविधिकहरुले जहाजको अनुसन्धान गर्दा कुनै खराबी नभेटेपछि जहाज नियमित उडानमा छ ।‘अनुसन्धान गर्दा जहाजमा कुनैपनि समस्या देखिएन, त्यसपछि जहाज रिलिज भईसकेको छ’ बुद्धका प्रवक्ता रुपेश जोशी भन्छन्, ‘अहिले उक्त जहाजमार्फत नियमित उडान गरिरहेका छौँ ।’उनका अनुसार नियमित उडान थालेको उक्त जहाजमा अहिले कुनैपनि समस्या देखिएको छैन ।गत सोमबार काठमाडौँबाट विराटनगर उडेको बुद्धको जहाज ल्याण्ड गर्ने समयमा पांग्रा खुलेको देखाउने इन्डिकेटर बलेको थिएन । त्यसपछि काठमाडौँ ल्याएर आकाशमा कयौँ फन्का घुमाएपछि पांग्रा खुलेको यकिन भएपछि मात्रै अवतरण गराइएको थियो । क्याप्टेनलाई प्रतिबन्ध किन ?क्याप्टेनसहित चालक दलका अन्यलाई अन्तराष्ट्रिय अभ्यास र नियम अनुसार नै जहाज उडानमा अस्थायी प्रतिबन्ध लगाईएको प्राधिकरणले जनाएको छ । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले ‘इन्सिडेण्ट’ भएको अवस्थामा क्याप्टेन र चालक दलका सदस्यलाई ७२ घण्टा काम नलगाउने नीति लिएकाले सोही अनुसार उनीहरुलाई ७२ घण्टाको लागि प्रतिबन्ध लगाईएको जनाईएको छ ।बुद्ध एयरका प्रवक्ता जोशीले पनि क्यानले अनुसन्धानका लागि बनाएको समितिले शुक्रबार वा आइतबारसम्म प्रतिवेदन सार्वजनिक गर्ने र उक्त प्रतिवेदनमा के आउँछ सोही अनुसार अघि बढ्ने बताए । चालक दलका सदस्यलाई प्रशिक्षणप्राधिकरण स्रोतले उनीहरुमा मानसिक त्रास वा अरु केही समस्या उत्पन्न भएको हुन सक्ने भएकाले उनीहरुलाई ‘रिफ्रेश’ गराईनेछ । रिफ्रेश गराउँदा सामान्य प्रशिक्षण पनि दिईनेछ । ‘क्यानको रिपोर्टमा के आउँछ त्यही गर्छौँ’ जोशीले भने, ‘क्यानले क्याप्टेनको लाइसेन्स फुकुवा गर्ने भन्यो भने तत्काल फुकुवा हुन्छ, केही दिन रिफ्रेश गराऔँ भन्यो भनेपनि हामी त्यो गर्छौँ ।’

बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण

काठमाडौँ । विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको बुद्ध एयर जहाज त्रिभुवन विमानस्थलमा सफल अवतरण भएको छ। काठमाडौँको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केही बेर अघि अवतरण भएको हो। सम्बन्धित समाचार : बुद्ध एयरको जहाज विराटनगरमा अवतरण हुन सकेन

बुद्ध एयरका दुई जहाज आकस्मिक अवतरण, के हो कारण ?

११ साउन, काठमाडौं । काठमाडौंबाट उडेका बुद्ध एयरका २ जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेका छन् । धनगढीका लागि उडेको बुद्धको ९एन-एएमडी जहाज साँझ ६ बजे  विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयर स्रोतका अनुसार जहाजमा ‘प्राविधिक गडबडी’ आएको पत्ता लागेपछि चालक दलका सदस्यले जहाज तत्काल विमानस्थल फर्काउने निर्णय लिएका थिए । त्यसपछि जहाज विमानस्थलमा […]