सुनसरीमा एसिड प्रहार गरेर भागेका युवकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । सुनसरीको वराहक्षेत्र नगरपालिका–३ घर भएका ३० वर्षीय रोमनराम धामीलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेर सुनसरी लगिएको सुनसरीका एसपी सञ्जयसिंह थापाले रातोपाटीलाई बताए ।साउन २२ मा राती धामीले २८ वर्षीया पत्नी सरस्वती बस्नेतलाई प्रहार गर्न खोजेको एसिड लागेर छिमेकी ४३ वर्षीया श्यामकुमारी धामी घाइते भएकी थिइन् । चुरोटको विषमा विवाद हुँदा छिमेकीको शरणमा पुगेकी श्रीमतीलाई रोमनरामले लखेटेर एसिड हान्ने प्रयास गरेका हुन् । छु