सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्षकै आलोचना

सुदूरपश्चिम प्रदेश सरकारको कामप्रति सत्तापक्ष र प्रतिपक्ष दलले आलोचना गरेका छन् । विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिएका प्रदेशसभा सदस्यहरुले विकास निर्माण, योजना छनौट, शान्ति सुरक्षा, स्वास्थ्य, कृषि लगायतमा सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले प्रदेशको बजेट मन्त्रीको स्वार्थमा विनियोजन हुने गरेको बताए । ‘बजेट ल्याउन मन्त्रीमात्र चाहिन्छ । माननीयहरु नभएपनि हुन्छ । केह