श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरिवीको रेखामुनि रहेको मानिसहरुलाई श्रम बजारमा जोड्नको लागि प्रधानमन्त्री रोजगारी कार्यक्रम आवश्यक रहेको जनाएको छ । श्रम बजारलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति उत्पादन गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रमलाई नयाँ ढाँचामा लैजान श्रम मन्त्रालयले आन्तरिक तयारी थालेको हो ।