ओलीलाई ‘राजनेता’ भन्दै राष्ट्रियसभामा खिमलाल भट्टराईको प्रश्न– उहाँको निष्ठामाथि किन प्रश्न ?

 राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले केपी शर्मा ओली ‘राजनेता’ भएको दाबी गर्दै उनको निष्ठामाथि किन प्रश्न गरियो भनेर प्रश्न गरेका छन् । राष्ट्रियसभा बैठकको विशेष समयमा उनले एमालेका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री ओलीको प्रशंसामा विभिन्न तर्क गरे ।‘राजनेता भनेपछि राजनीति उसकै वरिपरि घुमेको हुने रहेछ,’ ओलीलाई चित्रण गर्दै उनले भने, ‘सदन, सडक र सरकारमा उसकै विचारबाट गाइडेड हुनुपर्ने रहेछ ।’ उनले केपी शर्मा ओली सिंहदरबार छोडेर बालकोट गएको अहिलेको अव