काठमाडौं– अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अष्टिनले युक्रेनको भ्रमण गरेका छन् । रुसले गत फेब्रुअरी २४ मा आक्रमण गरेयता अमेरिकी प्रशासनका सबैभन्दा शीर्ष अधिकारीहरुले युक्रेनको भ्रमण गरेका हुन् । राजधानी किभमा उनीहरुले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेको जनाइएको छ । भेटवार्ताका क्रममा अमेरिकी अधिकारीहरुले रुसविरुद्ध लड्न युक्रेनलाई थप हतियार सहयोग गर्ने बाचा गरेको […]