अतुल्य छ 'शून्यको मूल्य'

‍शून्यको मूल्य किताबको नाम हो । तर किताबको कुरा अङ्क दुई सम्बन्धी एउटा रमाइलो ठट्टाबाट सुरु गरौँ । ठट्टा सुरु हुन्छ कर्मचारी भर्नाको सूचनाबाट । कर्मचारी भर्ना गर्न एक कम्पनीले दर्खास्त आह्वान गर्‍यो । सूचनामा उम्मेदवारको अन्तर्वार्ता व्यवसायी आफैँले लिने जानकारी पनि दिइएको थियो । जागिर खान धेरैजनाका दर्खास्त परे । छानिएका केही निवेदक अन्तर्वार्ताका लागि बोलाइए । अन्तर्वार्ता लिन व्यवसायी तयार भएपछि पालैपालो उम्मेदवारलाई बोलाइयो । अन्तर्वार्ता दिने पहिलो उम्मेदवारलाई व्यवसायीले सोधे “दुई जोड दुई कति हुन्छ ?...