खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलस्थित एमाले वडा कमिटीले वडामा फुसको छाना हटाउने अभियानमा मनपरी भएको दावी गरेको छ । फुसको छाना हटाउने र जस्तापाताको छाना हाल्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सूचीकरणमा परेका ४१ लाभग्राहीमध्ये अधिकांशलाई रकम निकासा दिन आलटाल भइरहेको एमाले वडा कमिटीले जनाएको छ । एमाले वडा कमिटी अध्यक्ष नन्दकुमार तामाङले विज्ञप्ति जारी गर्दै सूचीकरणमा परेका लाभग्राहीलाई ओझेलमा पारेर निकासा दिन विभिन्न बहानावाजी गरिएको तर जस्ताको छाना हालिसकेका केही घरलाई रकम