काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने काम कुनै पनि हालतमा स्वीकार्य नहुने बताउनु भएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ज्ञवालीले एसपिपी (स्टेट पार्टनरसीप प्रोग्राम) सम्झौताबारे सरकारले संसदमा जानकारी गराउनुपर्ने बताउनु भएको हो । बैठकमा पूर्वपरराष्ट्रमन्त्री एवं सांसद ज्ञवालीले एसपीपीबारे संसद्मा जवाफ दिन सरकारको ध्यानाकर्षण पनि गराउनुभयो […]