बायर्नको जितमा लेवान्डोस्कीको निर्णायक गोल

जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले साँघुरो जित निकालेको छ । शनिबार भएको खेलमा बायर्न म्युनिखले अग्सवर्गमाथि १–० गोलको जित निकालेको हो ।  घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको बायर्नले दोस्रो हाफमा एक गोल गरेको हो । बायर्नका लागि खेलको ८२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए । जितसँगै बायर्नले लिगमा ९ अंकको अग्रता बनाएको छ । लिगमा २९ खेल खेलेको बार्यनले ६९ अंक जोडेको छ । दोस्रो स्थानमा डर्टमण्डको ६० अंक छ ।&nb