बागमती प्रदेशको यातायात कार्यालयका अभिलेखलाई डिजिटाइज गरिने

बागमती प्रदेशले यातायात कार्यालयमा रहेका अभिलेखलाई डिजिटाइज गर्ने भएको छ । बुधबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेलले सवारी अभिलेखलाई डिजिटाइजेसन गर्ने बताएका हुन् ।  यातायात कार्यालयमा रहेका अभिलेखहरूलाई डिजिटाइजेसन गरी व्यवस्थित गर्न आवश्यक पूर्वाधार निर्माणका लागि ७ करोड रूपैयाँ...