पाँचथर र तेह्रथुमलाई जोड्ने तमोर नदीमाथि निर्माण सुरु भएको मोटरेबल पुल ६ वर्ष पुग्दा आधा काम पनि सकिएको छैन । निर्माण कम्पनीले पुल अलपत्र पारेपछि जिल्लाबासी आन्दोलनमा उत्रिएका छन् । काम चाँडो गर्न माग गर्दै स्थानीय युवा अर्जुन ढुंगानासहितको टोलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता गराएको छ ।