बाढीका कारण जलविद्युत् आयोजनामा क्षति

हुम्ला – अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ। गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पुर्‍याएको हो। हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरीसमेतको टोलीले उक्त बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेको छ। निरीक्षणपछि प्रमुख जिल्ला अधिकारी आचार्यले दसैँअगाडि आयोजनाको मर्मत […]

सम्बन्धित सामग्री

बाढीले नहरमा क्षति पुर्‍याउँदा तीन हजार परिवार अन्धकारमा

भारी वर्षासँगै आएको बाढीका कारण मुगुको छायानाथ रारा नगरपालिकास्थित गमगाढ साना जलविद्युत् आयोजनामा क्षति हुँदा झन्डै ३ हजार परिवार अन्धकारमा छन् । भारी वर्षासँगै गमखोलाबाट बालुवा र लेदो बगेर गमगाढ जलविद्युत् आयोजनाको नहरमा पस्दा विद्युत् सेवा अवरुद्ध बनेको हो ।

कोशी पहाडी जिल्लामा बाढीका कारण अर्बौंको क्षति, ८ सय १० जना विस्थापित

कोशी प्रदेशका पहाडी जिल्लाहरूमा आएको बाढी र पहिरोका कारण अर्बौं रुपैयाँको क्षति भएको छ । पाँचथर, ताप्लेजुङ र संखुवासभामा गएको शनिबार रातिदेखि आएको बाढी पहिरोका कारण सबैभन्दा बढी जलविद्युत् आयोजनामा क्षति पुगेको प्रदेशस्तरीय आपत्कालीन केन्द्रले बुधबार इटहरीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

जलविद्युत् आयोजना बारे बीमा समितिको पछिल्लो व्यवस्थाप्रति इपानको आपत्ति

असोज १६, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले बीमा समितिले जलविद्युत् आयोजनाको सम्बन्धमा गरिएको पछिल्लो व्यवस्थाप्रति आपत्ति प्रकट गरेको छ ।  इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार केही निर्जीबन बीमा कम्पनीको प्रभावमा परी निर्देशन जारी हुनु गलत छ । गत असार १ गते गण्डकी र वाग्मती प्रदेशका केही नदी बेसिन करिडोरका आयोजनामा पुगेका क्षतिको क्षतिपूर्ति दिनुको साटो गलत मनसाय राखेर ऊर्जा उद्यमीलाई दुःख दिन खोजिएको इपानको भनाइ छ ।             बीमा समितिले पूरा क्षतिपूर्ति गराउन पहल गर्नुपर्नेमा उल्टै बीमा रकममा गरिएको वृद्धि आफूहरुलाई मान्य नभएको इपानको भनाइ छ । गत असार पहिलो साताको बाढीका कारण क्षति पुगेका आयोजनालाई बढी क्षतिपूर्ति दिनुपर्‍यो भन्ने मान्यता राखेर जलविद्युत् आयोजनाप्रति गरिएको व्यवहार आफैँमा मिल्दो नभएको अध्यक्ष आचार्यको भनाइ छ ।             इपानले गलत उद्देश्य राखेर दिइएको निर्देशन तत्काल खारेज गरी दोषीमाथि कारबाही गर्न अर्थ मन्त्रालय र अर्थ मन्त्रीसँग माग गरेको छ । सरकारले ११४ वर्षमा गर्न नसकेको काम निजी क्षेत्रले विगत २७ वर्षमा गरेको भन्दै इपानले बीमा दाबी गर्दा क्षतिको तुलनामा असाध्यै कम मात्रै क्षतिपूर्ति पाएको अवस्थामा बीमाङ्क बढी तिर्नुपर्ने उद्देश्य राखी गरिएको निर्णय आफूहरुलाई मान्य नभएको बताएको छ ।रासस

पहिरो क्षति पुर्‍याएपछि तल्लो मोदी जलविद्युत् आयोजनाको उत्पादन ठप्प

भदौ २२, पर्वत । यहाँको कुश्मा नगरपालिका–८ चुवामा रहेको युनाइटेड मोदी हाइड्रोपावरको तल्लो मोदीखोला- १ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । गत भदौ १७ गते राति आएको अविरल वर्षापछिको पहिराका कारण उत्पादन बन्द रहेको आयोजनाका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले जानकारी दिए। आयोजनाको क्यानल र इन्टेकमा पहिरो र बाढीले क्षति पुर्‍याएको छ ।             बाढी र पहिराका कारण १० मेगावाट क्षमताको उत्पादन बन्द भएको हो । पहिरो र बाढीका कारण आयोजनामा करोडौंको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । पहिराका कारण चारदेखि ५०० मिटर लामो क्यानल सबै माटोले पुरेको छ ।             पहिराले ४ नं प्रसारण लाइनको टावरसमेत बगाएको छ । पहिराले आयोजनामा ४ देखि ६ करोड रुपैयाँसम्मको क्षति पुगेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका निर्देशक गौतमले जानकारी दिए। यसअघि गत असार २२ गतेको दोविल्लास्थित सुन्दरे खोलामा आएको बाढीले आयोजनाको क्यानल र इन्टेकमा समेत क्षति पु¥याएको थियो । निर्देशक गौतमका अनुसार आयोजना मर्मतका लागि प्रयास भइरहेको छ । रासस

दैनिक एक करोड नोक्सानी बेहोर्दै आयोजना

लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट माथिल्लो मस्र्याङ्दी जलविद्युत् अयोजनाको विद्युत् उत्पादन बन्द भएको दुई महिना बित्दा पनि अझै सुचारु हुन सकेको छैन । मस्र्याङ्दी नदिमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै असार १ गतेदेखि नै आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको हो ।दुई महिना अघिदेखि आयोजनामा विद्युत् उत्पादन बन्द हुँदा दैनिक करोड बढीको नोक्सानी […]

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पुनः बन्द

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ। शनिबारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतबार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो। यसअघि गत असार १ गते याँग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको […]

इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द

सिन्धुपाल्चोकको मेलम्ची–९ स्थित ७.५ मेगावाट क्षमताको इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको उत्पादन पुनः बन्द भएको छ । शनिवारदेखि आएको निरन्तरको बाढीका कारण आयोजनाको ६६ केभीको ३२ र ३३ नंका टावरमा आइतबार राति क्षति पुगेपछि विद्युत् उत्पादन पुनः बन्द भएको हो । यसअघि गत असार १ गते याँग्री खोलामा आएको बाढीले आयोजनामा क्षति पुगेपछि विद्युत् उत्पादन बन्द भएको थियो । करिब डेढ महिनापछि गत बुधबार मात्र सञ्चालनमा आएको उक्त आयोजनाको उत्पादन आइतबार राति १० बजेदेखि पुनः बन्द भएको आयोजनाका प्र

बाढीबाट जलविद्युतमा रू. १० अर्बको क्षति

काठमाडौं । गत हप्ता विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण निजीक्षेत्रबाट प्रवर्द्धित जलविद्युत् आयोजनाहरूमा रू. १० अर्ब बराबरको क्षति भएको छ ।  स्वतन्तत्र ऊर्जा उत्पादनकहरूको संस्था नेपाल (इप्पानले) गरेको प्रारम्भिक अध्ययनअनुसार रू. १० अर्बको क्षति भएको हो । ऊर्जा उत्पादकहरूको संस्था इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बाढीका कारण निजीक्षेत्रका जलविद्युत् आयोजनाहरूमा १० अर्ब रुपैयाँको हारहारीमा क्षति भएको बताए ।  ‘हाम्रो प्रारम्भिक अध्ययनले निजीक्षेत्रको आयोजनाहरूमा यतिका क्षति भएको देखिएको छ,’ आर्थिक अभियानसँग उनले भने, ‘हामीले बाढीका कारण जलविद्युत् आयोजनामा भएको क्षतिको अध्ययन गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेका छौं । त्यो संयन्त्र बन्यो भने त्यसबाट नै क्षतिको पूर्ण विवरण आउनेछ ।’ गत हप्ता आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनाहरू नराम्रासँग प्रभावित भएका छन् । विशेषगरी निर्माणाधीन आयोजनाहरू बढी प्रभावित भएका छन् । निर्माण सामग्री बगाउने, विद्युत्गृह डुबानमा पर्ने, बाँध भत्कनेलगायत क्षति भएको छ । यस्तै, प्रसारण लाइनका टावरहरू ढल्ने, आयोजना क्षेत्रका सडक भत्किनेजस्ता क्षति भएको छ । बाढीपहिरोका कारण अधिकांश निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाहरू र प्रसारण लाइनहरूमा ठूलो क्षति भएको इप्पानले बताएको छ ।  इप्पानका अनुसार सबैभन्दा बढी क्षति कास्कीमा निर्माणाधीन ४२ मेगावाटको सुपरमार्दी जलविद्युत् आयोजनामा परेको छ । त्यहाँ निर्माणका लागि लगिएको अधिकांश सामग्री बाढीले बगाएको इप्पान अध्यक्ष आचार्यले बताए ।  इप्पानले क्षतिको अध्ययन गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ । साथै, प्रभावित आयोजनाहरूलाई उचित राहत दिन पनि इप्पानले माग गरेको छ । इप्पानले शुक्रवार प्रेस विज्ञप्ति जारी गरी सरकारलाई उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको हो । ऊर्जा, गृह र अर्थ मन्त्रालयको प्रतिनिधित्व हुनेगरी उच्चस्तरीय अध्ययन समिति बनाउनुपर्ने माग इप्पानको छ । त्यसमा ऊर्जा उत्पादकहरूको पनि प्रतिनिधित्व हुनुपर्ने इप्पान अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । क्षतिको अध्ययनपछि राहतको उचित व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । ‘यसपालि जलविद्युत् अयाोजनाहरूमा भएको क्षति सामान्य छैन । २/४ करोड रुपैयाँको क्षति भएको भए हामी आफै समाधान गर्न सक्थ्यौं,’ उनले भने, ‘तर, अहिले अर्बांैको क्षति भएको छ । त्यसैले सरकारले यसमा आवश्यक राहत प्याकेज ल्याउन आवश्यक छ ।’ क्षतिका कारण निर्माणाधीन आयोजनाहरूको निर्माण अवधि कम्तीमा १ वर्ष लम्बिन सक्ने बताइएको छ । उनीहरूलाई थप लगानी पनि आवश्यक हुन सक्छ । त्यस्ता समस्यालाई पनि समाधान हुनेगरी राहत ल्याउनुपर्ने इप्पानको भनाइ छ ।  ‘बैंकसँग वित्तीय व्यवस्थापन गर्दा थप कर्जा लगानी नगरिने भनेर सम्झौता गरिएको छ । अब हामीलाई थप कर्जा चाहिने अवस्था आएको छ,’ अध्यक्ष आचार्यले भने, ‘त्यसैले सरकारले पुनर्कर्जाको व्यवस्था पनि गर्नुपर्छ ।’ इप्पानले आयोजना स्थलसम्म पुग्ने क्षतिग्रस्त सडकको पुनर्निर्माण गर्न माग गरेको छ । साथै, बाढीका कारण क्षति पुगेका प्रसारणलाइनहरू ब्नाउन तत्काल शुरू गर्न पनि इप्पानको माग छ ।

बाढीपहिराको जोखिममा जलविद्युत् आयोजना, कहाँ-कहाँ भयो क्षति ?

मंगलबारको बाढीका कारण झण्डै डेढ दर्जन जलविद्युत् आयोजनामा सानाठूला क्षति पुगे । सोही क्षतिका कारण सरकारी तथा निजी क्षेत्रका केही आयोजना अझै पनि पुनः सञ्चालनमा आउन सकेका छैनन्

दोर्दीका जलविद्युत् आयोजनामा करोडौंको क्षति

अविरल वर्षासँगै दोर्दी खोलामा आएको बाढीका कारण निर्माणाधिन चारवटै जलविद्युत् आयोजना प्रभावित भएका छन् । बाढीले निर्माणाधिन जलविद्युत् आयोजनाहरुमा करिब एक अर्बको क्षति पुगेको प्रारम्भीक अनुमान गरीएको छ । बाढीका कारण दोर्दी खोलामा निर्माणाधिन ५४ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । खोलामा आएको बाढीका कारण आयोजनाको निर्माणाधिन बाँध क्षेत्र सँगै पावर […]