वृद्ध भएकाले रिहा हुन पाउनुपर्ने भन्ने चार्ल्स शोभराजको रिटमाथि सर्वोच्चमा सुनुवाइ

आफूले उमेरका कारण कैद सजाय मिनाहा हुनुपर्ने मागसहित चार्ल्स शोभराजले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दामा बिहीवार सर्वोच्च अदालतमा सुनुवाइ भएको छ । शोभराजका तर्फबाट दायर मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा सुनुवाइ भएको हो । कारागार नियमावलीमा ७० वर्ष उमेर नाघेका र असल आचरण भएका नेपाली नागरिकलाई ७५ प्रतिशतसम्म कैद मिनाहा गरी रिहा गर्न सकिने उल्लेख छ । विदेशी नागरिकको हकमा नियमावली नबोले पनि त्यही सुविधाको माग गर्दै शोभराज सर्वोच्च अदालत पुगेका हुन् । फ्रान्सेली सिरियल किलर शोभराज सन् २००३ देखि न...

सम्बन्धित सामग्री

वृद्ध भएकाले रिहा हुनुपर्ने भन्दै चार्ल्स शोभराज सर्वोच्चमा

फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दामा बिहीबार सार्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुँदैछ । जन्मकैद भोगिरहेका शोभराजले आफू वृद्ध भएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएको प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो । वृद्ध भएको भन्दै सजायबाट उन्मुक्ति पाउनुपर्ने भन्दै बुधबार उनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।