हेडसर फेर्दै दिक्तेल रूपाकोट

शैक्षिक गुणस्तर सुधार्न भन्दै मझुवागढी नगरपालिकाले पालिकाभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापक फेर्ने भएको छ । कतिपय विद्यालयमा मापदण्ड नपुगेका प्रधानाध्यापक रहेको, पठनपाठनमा समस्या देखिएको, शैक्षिक गुणस्तर खस्कँदै गएको र शिक्षालाई थप सुदृढीकरण गर्न भन्दै कार्यरत प्रअलाई हटाएर नयाँ चयन गरिने नगरपालिकाले जनाएको छ ।