रौतहट क्षेत्र नं-१ बाट उम्मेदवारी दर्ता गर्दै माधवकुमार नेपाल

रौतहट – पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट पुगेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी शनिबार नै रौतहट क्षेत्र नं-१ पुगेका हुन्। निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बेलुकी पाँच बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ।

सम्बन्धित सामग्री

रौतहट ३ मा प्रभु साहको अग्रता

रौतहट – नेकपा एमालेको टिकट परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका प्रभु साहले अग्रता कायम गरेका छन्। रौतहट ३ मा साहलाई अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाश अग्रवालले पछ्याइरहेका छन्। पछिल्लो मत परिणामअनुसार साहले ३ हजार ९५४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अग्रबालले माछा छापमा २ हजार ५६१ मत प्राप्त गरेका छन्। साहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको […]

रौतहटमा २०७ जनाको उम्मेदवारी दर्ता

रौतहट : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि रौतहटका ४ वटा निर्वाचन क्षेत्रमा कुल २०७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।रौतहटमा ४ जना प्रतिनिधिसभा सदस्यका लागि ६६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने ८ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा १४१ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ।उम्मेदवारी दर्ता गराउने धेरै स्वतन्त्र उम्मेदवार रहेको छ। रौतहटको क्षेत्र नं. १ मा यसपटक नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्र

पार्टीकाे टिकट त्यागेर एमाले नेता साहद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाण्डाै – नेकपा एमालेका नेता प्रभु साहले पार्टीको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । पार्टीले रौतहट क्षेत्र नम्बर–३ कै टिकट दिए पनि त्यसलाई त्यागेर उहाँले त्यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।  जसपाबाट एमालेमा आएका किरण साह, लोसपाबाट आएका अजय गुप्ता र कांग्रेस छाडेर आएका राजेश चौधरीले टिकट नपाएपछि आफूले स्वतन्त्र उम्मेदवारी दिएको नेता साहले बताउनुभयो । उहाँहरूलाई टिकट दिने वाचापछि पार्टीमा भित्राएको भए पनि पार्टीले टिकट नदिएको उहाँको भनाइ छ ।  २०७४ सालको चुना...

माधवकुमार नेपालको रौतहटबाट उम्मेदवारी दर्ता

काठमाडौं :  नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका छन्।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी हिजो नै रौतहट क्षेत्र नं–१ पुगेका थिए।नेपालले आफ्नै निर्वाचन क्षेत्रमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । मनाेनयन दर्ता गराउने क्रममा गाैर नगरपालिकाका मेयर शम्भु साह,राजदेवी नगरपालिकाका मेयर भिखारी यादव,नेता बंशीधर मिश्र,नेता सत्यनारायण भगत बिन लगायत नेता कार्य

माधव नेपालले गराए रौतहट-१ बाट उम्मेदवारी दर्ता

काठमाडौं, २३ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट-१ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनले आफूले बाम(लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएको उल्लेख गरेका छन् । उनले सबैको सहयोग र अमूल्य मत प्राप्त हुने विश्वास पनि लिएका […]

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा रौतहट–१ मा मनोनयन दर्ता

काठमाण्डाै - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट मनोनयन दर्ता गराउनुभएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले रौतहट–१ बाट सत्तारुढ गठबन्धनको साथमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेर मनोनयन दर्ता गर्नुभयो ।

माधव नेपालले गराए उम्मेदवारी दर्ता

काठमाडौँ – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। नेपालले रौतहट १ बाट उम्मेदवारी दर्ता गराएका हुन्। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। अध्यक्ष नेपालको गृह जिल्ला रौतहट हो।

माधवकुमार नेपालले गराए उम्मेदवारी दर्ता

काठमाडौँ – नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् । रौतहट १ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ । अध्यक्ष नेपालको रौतहट गृहजिल्ला हो ।

उम्मेदवारी दर्ता गर्न रौतहटमा माधव नेपाल

रौतहट : पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रतिनिधिसभा सदस्यका लागि आज रौतहट क्षेत्र नं-१ बाट उम्मेदवारी दर्ता गराउन लागेका छ्न्। आइतबार दिउँसो २ बजे उनले रौतहटको सदरमुकाम गौरमा रहेको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन लागेको एकीकृत समाजवादी प्रेस संगठन रौतहटका अध्यक्ष दिनेश संगमले जानकारी दिएका छ्न्।अध्यक्ष नेपाल उम्मेदवारी दर्ता गराउन शनिबार नै रौतहट आइपुगेका हुन्।  निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्