ओलीको आक्रामक राजनीतिक प्रतिवेदनमा के छ

काठमाडौं, ४ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरोधीप्रति जहिल्यै आक्रामक रहन्छन् । उनी विरोधीका पुराना कदमहरु भुल्ने खालका पनि छैनन् । यस्तै शैली उनले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा पनि देखाएका छन् । ओलीले १० बुँदे सहमतिका पक्षधरहरुलाई विगतमा प्रचण्डको सारथी भनेका छन् । गुटबन्दीमा लागेको आरोप लगाएका छन् । […]