माइतीघर मण्डलामा विद्यालय कर्मचारीहरूको धर्ना

आफ्नो पूर्ण सेवा सुरक्षाको ग्यारेन्टीसहित विभिन्न माग अघि सारेर आन्दोलन गर्दै आएका विद्यालय कर्मचारीहरू माइतीघर मण्डलामा धर्नामा बसेका छन् ।  आन्दोलनको तेस्रो दिन आज बिहान ११ बजेदेखि ३ घण्टा माइतीघर मण्डलामा धर्नामा बस्ने कार्यक्रम रहेको नेपाल विद्यालय कर्मचारी परिषद्का उप–महासचिव प्रेम बहादुर भण्डारीले जानकारी दिए । विभिन्न नारासहितका प्लेट कार्ड छातीमा टाँसेर उनीहरू धर्नामा बसेका छन् । यसअघि उनीहरूले भदौ १ र २ गते शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा धर्ना दिएका थिए ।  हिज