म्याग्दी । सत्तरी वर्षअघि फ्रान्सेली नागरिक मौरिज हर्गोजले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको चुचुरोमा पहिलो पटक पाइला टेकेर इतिहास बनाए । सन् १९५० को जुन ३ मा हर्गोजले आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो पटक सफल आरोहण गरेर कीर्तिमान बनाएपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । हर्गोजको अन्नपूर्ण आरोहणले नेपालको पर्वतारोहणको सम्भावना अन्तर्राष्ट्रियकरण भयो । म्याग्दीको अन्नपूर्ण–४ स्थित अन्नपूर्ण नर्थ (उत्तरी) आधार शिविरबाट आरोहण शुरु गरेका थिए हर्गोजले ।