इलाम : नेपाली राष्ट्रिय बास्केटबल टोलीकी कप्तान सदिना श्रेष्ठले खेलाडी पलायन बारेमा सरोकारवाला निकाय गम्भीर नभएको बताएकी छन्।नेपाली बास्केटबल टोलीकी सदस्य प्रतीक्षा मगरलाई वैदेशिक रोजगारका लागि बेलायत जानुअघि शुभकामना दिँदै सदिना देशको बास्केटबल अवस्था देखेर दुःख लागेको बताइन्।सामाजिक सञ्जाल फेसबुकमा प्रतीक्षासँगको तस्विर पोष्ट गर्दै सदिनाले लेखेकी छन्, ‘सबैलाई रिजल्ट चाहिन्छ, मेडल चाहिन्छ उनीहरूलाई पलायन रोक्न जरुरी कहाँ छ र? न त यस बारेमा सरकारलाई मतलब छ न संघलाई नै। त्य