फेवाताल किनारमा घुम्दै जाने क्रममा बाबुराम विकलाई कसैले सोध्यो – भाइ ! ट्रेकिङ जाने हो ?
पोखराको एउटा कम्पनीमा मासिक १५ सय रुपैयाँमा मात्र सुरक्षा गार्डको रूपमा दैनिक १२ घण्टासम्म खटिने बाबुरामले ट्रेकिङ अर्थात् पदयात्रा शब्द सुने पनि के कस्तो हुन्छ भन्ने अनुभव थिएन । गोराहरू (विदेशी पर्यटक) सँग घुम्न पाइने, अंग्रेजीमा बातचित गर्नुपर्ने, नयाँ–नयाँ ठाउँ घुम्न पाइने र पैसा पनि मनग्ये कमाउन सकिनेसम्म उनले बुझेका थिए ।
प्रश्न भूइँमा खस्न नपाउँदै बाबुरामले भने, ‘हुन्छ नि ! बरु कहाँ जाने होला ?&rsq...