निषेधाज्ञामा थप कडाइ गरिने

 काठमाडौं उपत्यकाको जारी निषेधाज्ञा थप १५ दिन थपिएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । जारी निषेधाज्ञा जेठ १३ गते राती १२ बजेसम्म थप भएको छ भने थप कडाइ गरिनेछ ।  जसअनुसार निर्माण सामग्री दिउँसोमा ल्याउन नपाइने निर्णय भएको छ भने विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पार्टी प्यालेसमा गर्न रोक लगाएको छ ।  विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम घरमा गर्दा पनि १० जनाभन्दा  बढी सहभागी हुन नपाइने निर्णय भएको छ । 

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाका सीडीओहरूको बैठक बस्दै, निषेधाज्ञामा थप कडाइ गरिने

काठमाडौं उपत्यकामा निषेधाज्ञा थप हुने भएको छ । आज बस्ने काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरूको बैठकले निषेधाज्ञा थप गर्नेछ ।  कोरोना संक्रमण बढ्दै गइरहेका बेला निषेधाज्ञामा थप कडाइ गर्ने विषयमा पनि छलफल हुने भएको छ ।  ‘आज बैठक बस्दैछ, निषेधाज्ञामा कडाइ गर्ने विषयमा सल्लाह हुँदैछ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘निषेधाज्ञा कति दिन थप्ने भन्ने छलफलबाटै टुंगिन्छ ।’ काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोलि (बुधवार) राति १२ बजेदेखि सकिँदैछ ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो। रुपन्देहीमा वैशाख ३० सम्म लागू भएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञामा कडाइ

रुपन्देही। कोरोना भाइरस संक्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ। कोभिडको नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो। रुपन्देहीमा वैशाख ३० सम्म लागू भएको निषेधाज्ञालाई थप कडाइ गरिने भएको छ। खाद्यान्नलगायत अत्यावश्यक सामग्री उत्पादन गर्ने उद्योगबाहेक अन्य उद्योग र पूर्वाधार निर्माणका काम अर्को निर्णय नहुँदासम्मका लागि बन्द गर्ने निर्णय भएको छ।

मोरङमा निषेधाज्ञामा थप कडाइ, अटेरी गरे मुद्दा चलाइने

मोरङमा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेको संख्यामा बढ्दै गएपछि प्रहरी प्रशासनले थप कडाइ गर्ने भएको छ । अब निषेधाज्ञा उल्लंघन गर्नेलाई मुद्दा चलाएर कारबाही गरिने भएको हो

निषेधाज्ञामा थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।

निषेधाज्ञामा थप कडाइ गरिन्छ : प्रधानमन्त्री ओली

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली निषेधाज्ञामा थप कडाइ हुने बताउनुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि विज्ञको सुझावअनुसार निषेधाज्ञा लागू गरिएको र यसलाई थप कडाइ गरिने बताउनुभयो । उहाँले निषेधाज्ञाको पालना गरिदिन पनि नागरिकसँग आग्रह गर्नुभएको छ । स्वास्थ्य मापदण्डकाे पालना गरेर र सावधानी अपनाएर नै महामारीविरुद्ध लड्न सकिने उहाँकाे भनाइ छ ।  काेराेना सङ्क्रमणकाे पहिलाे लहरमा अपनाइएकाे सावधानीका कारण महामारी फैलिन नपाएकाे र अहिले दाेस्राे लहरमा ...

आजदेखि निषेधाज्ञामा थप कडाइ गरिने

आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।बैंक तथा वित्तीय संस्था, सरकारी

उपत्यकाको निषेधाज्ञामा आइतबारदेखि थप कडाइ गर्दै प्रशासन

१८ वैशाख, काठमाडौँ । उपत्यकामा प्रशासनले लगाएको निशेधाज्ञामा आइतबारदेखि थप कडाइ गरिने भएको छ। सडकमा सवारी साधन र नागरिकको आवतजावत नघटेको भन्‍दै प्रशासनले थप कडाइ गर्ने तयारी गरेको हो । काठमाडौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अनलाइनखबरसँग भने, ‘अनुगमनका क्रममा सवारी र मानिसहरुको केही चाप देखिएको छ। यसलाई थप कडाइ गर्दै लानेछौं ।’ पराजुलीसहित जिल्ला […]

निषेधाज्ञामा आजदेखि थप कडाइ

१७ वैशाख, काठमाडौं । सरकारले निषेधाज्ञा जारी भएका जिल्लाहरूमा आजबाट थप कडाइ गर्न थालेको छ । पहिलो दिनमा केही खुकुलो गरिए पनि अब कडाइ गरिने गृहमन्त्रालयका अधिकारीको भनाइ छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले काठमाडौं उपत्यकामा पहिलो दिन निषेधाज्ञा केही खुकुलो बनाए पनि आजबाट कडाइका साथ पालना गराइने बताए ।ट्राफिक जामका कारण बाटोमै अड्किएका […]

आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौं। निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ गरिएको छ। निषेधाज्ञा लागेका जिल्लामा अन्य जिल्लाबाट यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले अनुरोध गरेको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।