प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकासँग असन्तुष्ट न्यायाधीशहरूले जबराको राजीनामालाई नै 'बटमलाइन' बनाउने भएका छन् ।
उनीहरूले भोलि प्रधानन्यायाधीश जबरासँग भेटेर उनको कुरा सुन्ने र निकास दिन आग्रह गर्ने भएका हुन् ।
न्यायालयमा देखिएका समग्र समस्याको जड न्यायिक नेतृत्व (प्रधानन्यायाधीश राणा) भएको निष्कर्षमा पुगेका न्यायाधीशहरूले उनलाई घुमाउरो भाषामा 'राजीनामा गर्नुस्' भन्न लागेका हुन् ।
'प्रधानन्यायाधीशको राजीनामा नै बटमलाइन हो,' स्रोतले लोकान्तरसँग भन्यो, 'उहाँ (जबरा)लाई सामूहिक रूपम...