गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गरेको छ । शुक्रवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले भयरहित रूपमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको जनाए । उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । त्यस क्रममा उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए । कुनैपनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्नसक्नेगरी व