अमेरिकाका राष्ट्रपति जो बाइडेनले चर्चामा रहेको साउदी अरब भ्रमण सम्बन्धमा निर्णय नभएको बताएका छन् । गत साता बाइडेनको साउदी अरब भ्रमणको सम्भावना समाचार बाहिरिएपछि डेमोक्रेटिक पार्टीका विधायक तथा विभिन्न मानव अधिकार समूहले विरोध गरेका थिए । आलोचनाका बीच बाइडेनले शनिबार आफूले साउदी अरबको भ्रमणको निर्णय नगरीसकेको प्रतिक्रिया दिएका छन् । अमेरिकी सरकारका स्रोतहरुले गत साता स्थानीय मिडियालाई बाइडेनले साउदी अरबको भ्रमणको योजना बनाइरहेको बताएका थिए । यसअघि बाइडेनले मानव अधिकार हननका का