बर्दियामा निषेधाज्ञा लम्बियो, वैशाख मसान्तसम्म कडा लकडाउन

बर्दिया : कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बर्दियामा लागू गरिएको निषेधाज्ञाको अवधि लम्बिएको छ। बर्दियामा अब वैशाख ३१ गतेसम्मका लागि कडा खालको लकडाउन गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार वैशाख २० गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो। यसअघि गएको सोमबारबाट बर्दियाका मुख्यमुख्य बजार क्षेत्रहरूमा १९ गते रातिसम्मका लागि निषेधाज्ञा गरिएको थियो।कारोना महामारीले भयावह रूप लिने अवस्था देखिएपछि कडा खा