अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरि बुढामगर सगरमाथा आरोहणको नजिक

अफगानिस्तान युद्धमा दुवै खुट्टा गुमाएका पूर्व गोर्खा हरिबहादुर बुढामगर विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणको अन्तिम चरणमा पुगेका छन् । यसपटक सपना पूरा भएको खण्डमा घुंडामाथिको भाग गुमाएर पनि सगरमाथा आरोहण गर्ने उनी पहिलो व्यक्ति हुनेछन् । घुंडामुनीको भाग नभएका दुई व्यक्तिले यसअघि सगरमाथा आरोहण गरिसकेका छन् । सन् २०१० मा अफगानिस्तानमा तालिबानको एम्बुसमा परि दुवै […]

सम्बन्धित सामग्री

अशक्तको आत्मबल बढाउन सगरमाथा आरोहण गर्दै हरि मगर

काठमाडौँ : संसारमा आत्मबल र आत्मविश्वास भए गर्न नसकिने कुरा केही छैन। आत्मविश्वास र आत्मबलका पर्याय हुन् हरि बुढामगर। पूर्व गोर्खा सैनिक समेत रहेका हरिका दुवै गोडा छैनन्। अहिले उनी सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आधार शिविर गइसकेका छन्।बेलायती सेनामा कार्यरत रहेका वेला सन् २०१० मा अफगानिस्तानको लडाइँमा उनले दुवै गोडा गुमाए। शारीरिक अशक्तता भएर पनि बुढा मगर सगरमाथा आरोहण गर्ने उत्कट चाहना पूरा गर्न सगरमाथा आरोहणका लागि तयार छन्।विभिन्न खेलमा अन्तरराष्ट्रिय प्रतियोगितामा समेत विजयी भई अन्तरराष्ट्

शारीरिक अशक्त भएकाहरुको आत्मबल बढाउन सगरमाथा आरोहण: हरि बुढा मगर

संसारमा गर्न नसकिने कुरा केही छैन तर आत्मबल र आत्मविश्वास भने अवश्य चाहिन्छ। आत्मविश्वास र आत्मबलका पर्याय हुन हरि बुढामगर।

दुवै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

काठमाडौँ । शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उनी सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन् ।

खुट्टा नभएका हरि सगरमाथा यात्रामा

कृत्रिम खुट्टाको भरमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने लक्ष्यसाथ भूतपूर्व गोरखा सैनिक हरि बुढामगर लुक्ला पुग्नुभएको छ । शारीरिक रूपमा अशक्त बुढामगर बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुक्ला पुग्नुभएको हो । घुडामुनिको खुट्टा नभएका उहाँ कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ । उहाँले कृत्रिम खुट्टाको सहायतामा यसअघि सगरमाथाको आधार शिविर पुगेर ‘स्काई ड्राइभिङ’ गरिसक्नुभएको छ ।