बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज २५ गतेदेखि पुल निर्माण भइरहेको छ । पुलको काम आधा सकिएको र शनिबारदेखि पैदल आवागमन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको वडाध्यक्ष गोम्बोछिरिङ तामाङले […]