निर्वाचन प्रमुखको राजीनामा माग्दै दिल्लीमा प्रदर्शन, सुरक्षा कडा र यातायातमा प्रतिबन्ध

भारतको राजधानी नयाँदिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आह्वान गरिएको प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको छ। शनिबारको प्रदर्शनअघि हजारौँ प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गर्नुका साथै सडक, रेल र मेट्रो सेवामा प्रतिबन्ध लगाइएको छ। युवा नेतृत्वको राजनीतिक आन्दोलन ‘कक्रोच जनता पार्टी’ (सीजेपी)ले मतदाता सूची संशोधनको विरोधमा जन्तरमन्तरमा प्रदर्शन आह्वान गरेको हो। […]